Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज असार २० गते आइतवारको राशिफल


    आइतबार, असार २० २०७८
    560
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    आज आफन्तसँग भेटघाट र मित्रहरूबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
    निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 

    आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    विद्या र नयाँ ज्ञान बढ्नेछ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झन्झटिलो काम आईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

    नयाँ कामको थालनी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्तसँग भेट घाट पनि हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

    आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्तसँग भेट घाट पनि हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
    धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापारव्यवसायमा लाभ मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
    आज नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कुनै कुराले मन प्रसन्न र खुसी पनि रहनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    आज नयाँ कार्यको थालनी हुनेछ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् ।
    – ज्यो.प. नारायणप्रसाद दुलाल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार