Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जापानमा भारी वर्षापछि आएको बाढीले दश घर बगायो, बीस जना बेपत्ता


    शनिबार, असार १९ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • टोकियो। मध्य जापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी कम्तीमा पनि २० जना मानिस हराएका छन् ।

    सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले त्यहाँका कम्तीमा पनि १० ओटा घर बगाएको छ र ती घरमा रहेका २० जना नागरिक हराएका छन् । शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी कार्य जारी रहेको भए पनि उनीहरु भेटिएका छैनन् । उक्त गाउँका १० घर अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको छ ।

    सोही बाढीमा परेर ती २० जना व्यक्ति हराएका उक्त जिल्लाका एक अधिकारीले जानकारी दिएका छन् । सो जिल्लाका एकजना प्रहरी अधिकारीले हराएका ती व्यक्तिको खोजी जारी रहेको तर उनीहरु नभेटिएको भन्दै उनीहरु अब भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन् ।

    सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । उक्त वर्षाका कारण यहाँका अरु गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार