Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सङ्क्रमितभन्दा निको हुने धेरै


    शनिबार, असार १९ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अबधिमा १० हजार १३३ जनाको परीक्षण गर्दा दुई हजार ३२८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    त्यसैगरी सोही अबधिमा तीन हजार ६६ जना सङ्क्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४३ हजार ५८० जना र निको हुनेको सङ्ख्या ६ लाख ६६ हजार ६६६ पुगेको छ ।

    सोही अबधिमा सङ्क्रमणबाट १९ जनाको मृत्युभएको छ । योसँग मृत्यु हुनेको सङ्ख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार