Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय ध्वजाबाहक वायुुसेवा निगम निजीकरण गर्ने तयारी, कर्मचारीद्वारा महाप्रबन्धकको कार्यकक्षमा तालाबन्दी


    शनिबार, असार १९ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल वायुसेवा निगम निजीकरण गर्ने तयारी गोप्य रुपमा गरेको थाहा पाएपछि ट्रेड युनियनहरुले महाप्रबन्धक डिमप्रकाश पौडेलको कार्यकक्षमा तालाबन्दी गरेका छन् । लकडाउनको समयमा निगमका महाप्रबन्धक पौडेलले विदेशी र स्वदेशी पर्यटन ब्यवसायीलाई निगमको ४९ प्रतिशत सेयर बिक्री गर्ने तयारी गरेको थाहा पाएपछि ट्रेड युनियनहरुले शुक्रबार महाप्रबन्धकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।  महाप्रबन्धकसँग निजीकरणको बिषयमा वार्ता गर्न खोज्दा उनी भागेको आरोप ट्रेड युनियनका नेताहरुको छ । ट्रेड युनियनका नेता हेम लम्सालले भने–महाप्रबन्धकसँग निजीकरणका बिषयमा बुझ्न खोज्दा उहाँ कार्यकक्षबाटै टाप कस्नुभएछ । पछि फोन गर्दा पनि उहाँ आउनुभएन ।’

    महाप्रबन्धक पौडेलले निषेधाज्ञाका बीचमा निगमको प्रबन्धपत्र र नियमावली संचालक समितिबाट अनुमोदन गराई अन्तिम निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको बिषय कर्मचारीहरुले हालैमात्र थाहा पाएका थिए । निगमको चलअलच गरी ५० अर्बरुपैयाँको सम्पत्ति मूल्यांकन गरी त्यसबाट ४९ प्रतिशत सेयर बेच्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । निगम संचालक समितिको असार १४ मा बसेको बैठकले ३० प्रतिशत विदेशी कम्पनी, १४ प्रतिशत नेपाली हवाई सेवा र ५ प्रतिशत निगमका वर्तमान र पूर्वकर्मचारीलाई सेयर बेचेर निजीकरण गर्ने  निर्णय गरेको छ । तर निगमका महाप्रबन्धक पौडेलले कम्पनी निजीकरण गर्न लागिएको कुरा अस्वीकार गरेका छन् । केही पनि भएको छैन । सर्वोच्च अदालतले बर्खास्त गरेका कर्मचारीहरुले त्यही बहाना बनाएर तालाबन्दी गरेको भन्ने सुनेको छु ।

     अपारदर्शी ढंगले निजीकरण गर्न लागेको र सम्पत्ति पनि न्यून देखाएकाले तपाईको कार्यकक्षमा तालाबन्दी गरिएको छ, वार्तामा बस्न आग्रह गर्दा भाग्नुभयो रे भन्ने प्रश्नमा उनले भने–‘म भागेको होइन । अर्थमन्त्रालयमा बोलाइएकाले गएको थिएँ ।’

      निगमको सम्पत्तिको मूल्यांकन पनि अपारदर्शी ढगले गरिएको आरोप पौडेलमाथि छ । यदि निष्पक्ष ढंगले मूल्याकन कमिटी बनाउने हो भने  ८० अर्बभन्दा बढी सम्पत्ति निगमको छ । तर गुपचुप रुपमा मूल्यांकन गराई निगम निजीकरण गर्न खोजिएकोमा कर्मचारीहरु आक्रोसित छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार