Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको मौसम : मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह


    शनिबार, असार १९ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा अरु केहीदिन वर्षा  कायमै रहने जनाएको छ । आज पनि देशका धेरैजसो ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज (शनिबार) बिहान प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भइरहेको छ ।

    विभागका अनुसार आज दिउँसो प्रदेश– १, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । प्रदेश– १, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

    भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन रहन विभागले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार