Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीनबाट असार २४ गतेदेखि निरन्तर खोप आउने


    शनिबार, असार १९ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चीनको सिईनोफार्म कम्पनीबाट असार २४ गतेदेखि निरन्तर कोरोना विरुद्वको खोप नेपाल आउने भएको छ । कोरोना भाइरस बिरुद्धको खोप समयमै उपलब्ध गराउन नेपाल सरकारले  चीनको सिईनोफार्म कम्पनीसँग खोप खरिदको सम्झौता गरेको छ ।
     हिजो शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  एक विज्ञप्ति जारी गर्दै उक्त खोप खरिद बारे सम्झौता भएको कुराको जानकारी गराएको हो ।
    नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच भएको सम्झौता अनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।
    खोपको निरन्तर आपूर्तिबाट कोभिड विरुद्वको खोप अभियान सुचारु हुने गरि व्यावस्था मिलाइएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा  उल्लेख  छ ।

    khop sahamati.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार