Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सामाजिक सुरक्षाकोषको विरोधमा एन आई सी एशिया बैंकका कर्मचारीहरु आन्दोलित


    शुक्रबार, असार १८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सरकारले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई असार मसान्त भित्रै सामाजिक सुरक्षा कोषमा आबद्य हुन पत्र काटेसँगै सरकारले विवेधकारी योजनामा जान बाध्य बनाएको भन्दै एन आई सी एशिया बैंकमा कार्यरत कर्मचारी विरोधमा उत्रिएका छन् ।

    उनीहरुले विभिन्न १४ बुँदे माग राखेर शुक्रबार कार्यालय अगाडि ब्यानर र हातमा कालो पट्टी बाधेर विरोध प्रर्दशन गरेका हुन् । 

    201182637_317926979885667_5072456624478221659_n.jpg

    सरकारले ल्याएको सामाजिक सुरक्षा योजना विरुद्ध आफुहरुले विभिन्न माग अघि सारेको र उक्त माग सम्बोधन नभएसम्म आफुहरुको अन्दोलन तथा विरोधका कार्यक्रम निरन्तर रहिरहने विरोधमा सहभागी कर्मचारीहरुको भनाइ छ ।

    कोषले बैंकका कर्मचारीहरु पनि अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आउन भनिएपछि विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु गत मंगलबार देखि नै आन्दोलित भएका छन् ।

    यसअघिनै वित्तीय क्षेत्रका लागि सामाजिक सुरक्षा कोषकाविरुद्ध असहमति जनाउँदै आएका थिए तर कोषले यसलाई बाध्यकारी बनाएपछि आन्दोलनमै उत्रिनु परेको कर्मचारीहरुले जनाएका छन् । बैंकरहरुले असहमतिका बुँदाहरु नेपाल राष्ट्र बैंक र कोषलाई समेत बुझाइसकेको छ । 

    203708027_565508124612960_8380637983390614160_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार