Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कहिले सम्पर्कविहिन कहिले अस्पताल भर्ना, सत्ता जाेगाउने चलखेल मात्र: भट्टराई


    बुधबार, बैशाख १५ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भई अस्पताल भर्ना भएको घटनातर्फ इंकित गर्दै सत्ता जाेगाउने चलखेल गरेकाे रोप लगाएका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सांसद, किनबेच, निष्काशन, अस्पताल भर्ना र संसद बिघटन जस्ता हर्कतले सत्ता जोगिए पनि लोकतन्त्रले हार्ने टिप्पणी गरेका छन् ।

    उनले देश हार्ने अवस्था आउनसक्ने बताउदै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद किनबेच र अपहरणमा भूमिका खेलेको आरोप लगाएका छन् ।

    डा. भट्टराईले लेखेका छन्ः सांसद किनबेच/अपहरण/निष्कासन/अस्पताल भर्ना र संसद बिघटन/स्थगन/अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला/पाउला तर अन्तत:लोकतन्त्र/समाजवाद/संघीयता/संविधानले हार्नेछ।अनि देश/राष्ट्रियता/स्वाधीनता/सार्वभौमसत्ताले हार्नेछ।वेलैमा चेतौं;राष्ट्रिय सहमति/एकता कायम गरौं।भोलि धेरै ढिलो हुनेछ!

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार