काठमाडाै । बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरु तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
नेकपा(एमाले)का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्रीले केहीबेरअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहनुभएका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो ।
नवनियुक्त मन्त्रीले आज अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हालेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । यसैगरी राज्यमन्त्री डा रामकुमार अधिकारीले पनि आजै सामाजिक मन्त्रालयमा आफ्नो कार्यभार सम्हालेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend