Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारविरूद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहदा गण्डकी प्रदेशसभा अवरूद्ध


    मंगलबार, बैशाख १४ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारूढ एमालेका सांसदहरूले पिसिआर परीक्षण गर्न माग गर्दै गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अवरूद्ध गरेका छन्।

    संसदमा सोमबारदेखि सरकारविरूद्ध आएको अविश्वासको प्रस्तावमाथि छलफल चलिरहेको छ। 

    अधिवेशनको सुरूआतमा एमाले सांसदहरू उभिएर बैठक अवरूद्ध पारेका थिए ।

    कोरोना भाइरसले सांसदलाई पनि नछाड्ने भन्दै संक्रमणकै कारण कोही सांसद र कर्मचारीको मृत्यु भएमा जिम्मेवारी कस्ले लिने भनि प्रश्नगर्दै छलफल अवरूद्ध  गरेकाे स्राेतले बताएकाे  ।

    प्रदेश सभाका आधा सांसदहरूले कोरोना भ्याक्सिनको दोस्रो डोज नलिएको भन्दै सबै सांसदले दोस्रो डोज लिनुपर्ने र पिसिआर परीक्षण गर्नुपर्नेमा जोड दिएका थिए।

    एमाले सांसदहरू बस्न नमानेपछि सभामुखले सत्ता पक्षकै सांसदले सदन अवरोध गरेको भन्दै बैठक २० मिनेटका लागि स्थगित गराए। 

    प्रदेशसभामा एमाले नेता पृथ्वीसुब्बा गुरूङ नेतृत्वको सरकारविरूद्ध विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पेश गरेको अविश्वास प्रस्तावमाथि छलफल भइरहदा गुरूङको सरकार टिकाउन पिसिआर परीक्षणको माग अघि सारेर सदन अवरोध गरेको विपक्षीको बुझाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार