Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री गुरुङविरूद्ध अविश्वास प्रस्ताव टेबुल


    सोमबार, बैशाख १३ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध गण्डकी प्रदेश सभा बैठकमा आज अविश्वास प्रस्ताव टेबुल गरेका छन् ।

    गत वैशाख २ गते मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका गरी २८ सांसदले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

    मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि गत वैशाख १ गते राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य भएको थियो। अहिले सांसदहरूलाई छलफलका लागि सभामुखले समय दिएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार