Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेसको महाधिवेशन फेरि सर्ने


    सोमबार, बैशाख १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रियाशील सदस्यता वितरणमै अल्झिएर महाधिवेशनसम्बन्धी कार्यतालिका सर्दै गएपछि नेपाली काँग्रेसको १४ औं महाधिवेशन सर्ने भएको छ ।

    महाधिवेशन सार्ने पक्षमा काँग्रेस सभापति शेरबहादुर देउवा आफै देखिएका छन् । उनले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ खोजेका छन् ।

    काँग्रेस महाधिवेशन अबको केही महिनामा नगरे ऐन अनुसार काँग्रेस पार्टी नै खारेज हुन्छ । महाधिवेशन सार्दा पनि फरक नपर्ने गरी सरकारबाट अध्यादेश आओस् भन्ने चाहना देउवाको देखिन्छ । यसका लागि उनले प्रधानमन्त्री ओलीको साथ खोजेका हुन् ।

    ओली पनि अध्यादेश ल्याएर काँग्रेस महाधिवेशन सार्न मिल्ने कानुनी व्यवस्था गरिदिनेबारे सकारात्मक भएको बुझिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार