काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध अविश्वास प्रस्ताव संख्या पुगेकै दिन ल्याउने कांग्रेसले बताएकाे छ ।
ओली नेतृत्वको सरकारविरूद्ध अविश्वास प्रस्ताव बारे पहल भएपनि पारित हुने संख्या पुगिनसकेको कांग्रेसले बताएकाे छ ।
यसबारे आज बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा छलफल भएपनि कुनै ठोस निर्णय भने नभएकाे स्राेतले बताएकाे छ ।
स्राेतका अनुसार प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा माग गर्ने र कांग्रेस नेतृत्वमा सरकार बनाउने पार्टी निर्णयअनुसार पहल जारी छ।
संख्या नपुगी अविश्वास प्रस्ताव ल्याउदा पारित भएन भने पछि एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने भएकाले अल्पसंख्यामै अघि बढ्न नहुने स्राेतकाे भनाइ छ ।
कांग्रेसले नयाँ सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेतासँग छलफल पनि गरेको थियो।
माओवादीले ओली सरकारको विकल्पमा कांग्रेसलाई समर्थन गर्ने जनाए पनि जसपाले निर्णय दिइसकेको छैन।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend