Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • देउवाले बोलाए पदाधिकारी बैठक, निर्वाचन बारेमा छलफल हुने


    आइतबार, बैशाख १२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

    बैठक आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको स्राेतले बताएकाे छ।

    बैठकमा सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डाबारे सहमति जुटाउने विषयमा छलफल हुने बताइएको छ । 

    बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषय र जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

    कांग्रेसले बागमती प्रदेशको रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलहरुसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक भने सोमबार दिउँसो २ बजे सानेपामा बस्ने बताइएको छ ।

    बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार