काठमाडौं। प्रधानमन्त्री ओलीले पुनर्निर्माण भएको धरहराको उद्घाटन गर्दै यो खुशीयालीमा दीपावली गर्न आग्रह गरेका छन् ।
पुनर्निर्मित धरहराको उद्घाटन समारोहमा बोल्दै ओलीले धरहरा पुनर्निमार्ण भएको अवसरमा काठमाडौंवासीले दीपावली गर्ने अपेक्षा राखे ।
‘आजको यो दिनमा कमसेकम आफ्नो घरमा दीपावली गरौं भनेर अनुरोध गर्छु’, उनले थपे, ‘धरहरा पुनर्निर्माण हुने रहेछ, रानीपोखरी बन्ने रहेछ, बन्यो । मेलम्चीको पानी आउने रहेछ आयो । वृहत टुँडिखेलको योजना बन्दै छ, त्यो पनि सफल हुन्छ ।’
प्रधानमन्त्री ओलीले भने –माथि धेरै बेगका साथ हावा चलेको छ। मैले चारैतिर हेरें । आइफल टावर चलेको झल्को आयो। त्यहाँ पनि हावा चल्छ।’
उनले काठामाडौंलाई नयाँ स्वरुप दिने बताए । विश्वका मानिसलाई काठमाडौं आउँ आउँ जस्तो सहर बनाउने ओलीले प्रष्ट्याए । एक पटक घुमेर हुँदैन फेरि आउनु पर्छ जस्तो काठमाडौं बनाउने उनले बताए । धरहरामा परेर ज्यान गुमाएका परिवारहरुलाई यसमा सिर्जना हुने अवसरमा सहभागी गराउने उनले बताए । परिवारको एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलव्ध गराउने उनको भनाई छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend