Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल पक्ष मूल पार्टीमा नफर्किए थप कारबाही गर्ने चेतावनी


    शुक्रबार, बैशाख १० २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)ले पार्टीको नाममा विभिन्न भेला र सामानान्तर कमिटि गठन गर्दै जाने नेता माधवकुमार नेपाल समूहलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ ।

    शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले समानान्तर कमिटी छाडेर मूल पार्टीमा फर्कन आग्रह गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।  

    ज्ञवालीले पार्टीमा नफर्किए कर्णाली प्रदेशका सांसदहरुलाई जस्तो थप कारबाही हुने चेतावनीसमेत दिए। उनले नेपाल समूह फर्किए स्थायी कमिटी बैठकमा पनि राखिने स्पष्ट पारेका छन् ।

    शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले स्थायी कमिटी गठनसँगै नेताहरूको जिम्मेवारी पनि तोक्ने निर्णय गरेको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार