Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले विवादलाई वार कि पार अवस्थामा लान नेपाल पक्षकाे तयारी


    शुक्रबार, बैशाख १० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एमाले नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्तामा बस्ने तयारी गरेका छन् ।

    नेकपा एमालेभित्रको विवादलाई कि वार कि पारको अवस्थामा लान नेताहरु नेपाल र खनाल अगाडि बढेका हुन् ।

    मेरियट होटलमा नेपालले ओलीसँग दुई चरणमा वार्ता गरेपनि नेपालले आफू सन्तुष्ट हुन नसकेको प्रतिक्रिया दिएका छन् । 

    एक्लाएक्लै वार्ताबाट सहमति निस्कन नसक्ने भन्दै एमाले नेता झलनाथ खनालले नेपाललाई ओलीसँग एक्लाएक्लै वार्ता नगर्न भनेका छन् । 

    उता बामदेव गौतमले ओलीसँग डिनर बैठक गर्दै २ जेठ २०७५ को अवस्थामा एमालेलाई लगेमा मात्र सहमति निस्कन सक्ने जवाफ दिएर फर्किएका छन् । 

    नेपाल र खनाल २ जेठ २०७५ को अवस्थामा एमालेलाई लगेर पार्टी निर्णय अनुसार चल्नुपर्नेबाहेकमा तयार छैनन् । ओली अगाडि बढिसकेकाले पछाडि हट्ने पक्षमा छैनन् । त्यसैले अब नेपाल र खनालले वार कि पारका लागि निर्णायक वार्ताका लागि तयारी गरेका छन् ।

    राजनीतिक परिस्थितिले कुनैपनि बेला चुनावमा देश जानसक्ने र चुनाव घोषणा भइसकेपछि नयाँ पार्टी दर्ता गर्न नमिल्ने हुनसक्छ । त्यस अगावै नेपाल र खनाल एमाले विवादलाई टुंगोमा लगेर बढ्ने तयारीमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार