Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चल्दा चल्दैकाे डिनरबाट बाहिरिए वामदेव, भने म तपाईंसँग मिल्न सक्दिन


    शुक्रबार, बैशाख १० २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमबीच बिहीबार बेलुकी लामो समयपछि ‘डिनर मिटिङ’ भएकाे छ ।

    उक्त भेटवार्तामा गौतमले ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको स्राेतले जानकारी दिएकाे छ ।

    ओली-गौतम भेटवार्तामा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई पनि सँगै थिए।

    स्राेतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा ओलीले गौतमलाई आफूसँग फर्कन अनुरोध गरेकाे भएपनि गौतमले भने गत फागुन २८ को निर्णय फिर्ता लिए मात्र आफू ओलीसँग काम गर्न सहमत हुने बताएका थिए ।

    तर ओलले ती निर्णय फिर्ता हुँदैनन् भनेर गौतमलाई जवाफ दिएसँगै त्यसाेभए म पनि तपाईंसँग आउन पनि सक्दिनँ भन्दै गौतम चल्दा चल्दैकाे डिनरबाट बाहिरीएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार