Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमाले बैठक बस्दै, नेपाल पक्षमाथि थप कारबाहीको तयारी


    शुक्रबार, बैशाख १० २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे नेकपा एमालेको बैठक बस्ने भएकाे छ ।

    पार्टी विभाजनको डिलमा पुगेका बेलमा बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवादले थप उग्र रुप लिएकाे छ । वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नुहने बुझिएको छ । 

    आजको बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बुझिएको छ । बैशाख ६ गतको बैठकले खनाल नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    जसमध्ये खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । सांसदलेहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने स्राेतले बताएकाे ५ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार