Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते


    बिहिबार, बैशाख ९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा उपनिर्वाचन हुने भएको छ।

    आगामी जेठ ६ गते उपनिर्वाचनको मिति घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ।

    यसअघि गत आइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार बादलको सांसद पद रिक्त गरेका थिए।

    राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ। सोही अनुसार निर्वाचनको लागि मिति तोकिएको हो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार