Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीसँगको भेटपछि नेपाल आन्तरिक परामर्शमा


    बिहिबार, बैशाख ९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको माधव नेपाल र झालनाथ खनाल पक्षका नेताहरू आन्तरिक परामर्शमा जुटेका छन् ।

    वुधबार साँझ  प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरेका नेता नेपालले अहिले आफू निकट नेताहरूसँग परामर्श गर्दैछन् ।

    बुधबारको वार्तामा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिने तर गल्ती महसुस गरेर आए काम गर्ने अवसर दिइने बताएका थिए।

    उनले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न नेपाललाई आग्रह समेत गरेका छन् । नेता नेपालले भने आफ्नो टिममा छलफल गरेपछि मात्र थप कुराकानी गर्ने बताएका थिए । आज नेपालले आफू पक्षधर नेताहरूलाई ओलीसँगको वार्ताको ब्रिफिङ गर्दैछन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार