Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टीभित्र गुट चल्दैन, गल्ती महसुस गरेर आए सँगै काम गर्न सकिन्छ: ओली


    बिहिबार, बैशाख ९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिने तर गल्ती महसुस गरेर आए काम गर्ने अवसर दिइने बताएका छन्।

    विहीबार विहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने नेताहरुलाई अनुशासित भएर पार्टीमा काम गरौं भनेर सम्झाइरहेका छौं । ‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोज्छ भने त्यो अब सम्भव छैन,’

    व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ। तर समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार