निर्मल बाबु लामिछाने / काठमाडौं । बुधबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सम्पन्न भयो।
पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला करिब ४० दिनपछि पार्टी अध्यक्ष ओली र नेता नेपालबीच नक्सालस्थित होटल मेरिटमा भेटवार्ता भएको हो ।
यसअघि दुई नेताबीच चैत २ गते साविकको पार्टी मुख्यालय धुम्बाराहीमा समूहिक वार्ता भएको थियो।
त्यतिबेला वार्ताका लागि अध्यक्ष ओलीले नेता नेपाललाई बालुवाटारमा बोलाएपनि जान नमानेपछि धुम्बाराहीमा वार्ता भएको थियो।
यसैबीच, बालुवाटार र धुम्बाराहीमा वार्ता हुन नसकेपछि नयाँ वार्ताका लागि म्यरियट होटल खोजिएको बुझ्न सकिन्छ।
एमाले स्रोतका अनुसार नेता नेपालका विश्वासपात्र बनेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट गरेर पार्टी एकताको लागि पहल गरेपछि ओली र नेपालको भेटवार्ता हुने पक्का भएको थियो।
तर दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको बताइएपनि छलफलको विषय भने सार्वजनिक गरिएको छैन ।
छलफलमा पहिले महासचिव विष्णु पौडेल ओलीसँगै गएको भए पनि उनी केही बेरमै निस्किएपछि ओली र नेपालबीच वान टु वाट बार्ता भएको थियो ।
नक्सालस्थित होटल म्यरियटमा भएको वार्तालाई लिएर अहिले विभिन्न रानीतिक दलदेखि सर्वसाधारण जनताले समेत अड्कलबाजी गर्दै बालुवाटार र धुम्बाराहीले मिलाउन नसकेको विवाद म्यरियटले मिलाउन सक्छ कि नाई चासोको बिषय बन्न पुगेको देखिन्छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend