निर्मल लामिछाने / काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका युवा नेता एवं सचिव योगेशकुमार भट्टराई बुधबार अपराह्न एक्कासी प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको समाचार आयो ।
सामाजिक संजालमा भट्टराईले माधव नेपाल र झलनाथ खनाल समूह छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको कतिपयले टिप्पणी समेत गरे ।
तर एमालेको एकतालाई अक्षुण्ण राख्न निरन्तर प्रयास गर्दैआएका भट्टराई पार्टी अध्यक्ष ओलीसँग पार्टी विभाजन रोक्ने उपायका बारेमा छलफलका लागि गएका थिए भन्ने बुझिन्छ।
नेता भट्टराईले पार्टी अध्यक्ष ओलीसँगको भेटपछि नेता माधवकुमार नेपालसँग भेटघाटको अवस्था सिर्जना गरेका थिए। त्यसलगत्तै बेलुका अध्यक्ष ओली र नेता नेपालबीच होटेल म्यरियटमा भेटवार्ता सम्पन्न भएको थियो।
यसैबीच, दुई नेताहरुको वार्ता र भट्टराईको सक्रिय प्रयासलाई लिएर लेखक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमार्फत् टिप्पणी गरेका छन्।
पछिल्लो समय राजनीतिक दलका नेता र दलको अवस्थालाई नजिकबात नियाल्दै आएका संग्रौलाले ट्वीटरमा ओली र नेपालको स्वभावका बारेमा खुलासा गरेका छन्।
संग्रौलाको भाषामा भन्ने हो भने, अध्यक्ष ओली बिरालो र नेपाल मुसा रहेका छन्। ओलीले नेपाल र नेपाल पक्षका नेताहरु भट्टराईलगायत अन्यलाई भुल्याउने, झुलाउने, जिल्ल्याउने र खुइल्याउने गर्ने गरेको संग्रौलाको खुलासा गरेका छन्।
उनले लेखेका छन्, ‘स्वभावमा ओली सर बिरालो हुन्,माधव आदि मूसा हुन् । भुल्याउने, झुलाउने, जिल्ल्याउने र खुइल्याउने सुरले ओली सरले माधव र योगेशलाई आज दर्शन दिएछन्। क्याप्प समात्नु, पलभर छाड्नु, फेरि समात्नु, फेरि छाड्नु र अन्त्यमा ज्यान लिनु त बिरालाको धर्मै हो । मूसा माधव-योगेश एकता हुने भो भनेर मक्ख !
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend