Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली र नेपालबिच नक्सालकाे मेरीयट हाेटलमा भेटवार्ता हुँदै


    बुधबार, बैशाख ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका नेता माधवकुमार नेपालबिच साँझ भेटवार्ता हुने भएकाे छ ।

    दुई शीर्ष नेताबिच आज साँझ नक्सालकाे मेरीयट हाेटलमा भेटवार्ता हुनलागेकाे स्राेतले बताएकाे छ ।

    दुई नेताबिच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने र पार्टी भित्र देखिएका समस्याहरु समाधान गरेर कसरी अगाडी बढ्ने भन्ने बिषयमा छलफल हुने स्राेतले जानकारी दिएकाे छ ।

    नेकपा एमालेभित्र विवाद चर्कीरहेकाे बेला नेता योगेश भट्टराईले ओलीलाई पार्टी फुट्नबाट जोगाउन सबै कुराहरु बिर्सेर एकजुट हुनु पर्ने सल्लाहदिएपछि आजसाँझ भेटवार्ता हुनलागेकाे हाे ।

    ओलीले मंगलबार मात्रै नेता माधव कुमार नेपाल र भट्टराईसहित केन्द्रका २७ सहित प्रदेशका ५ जना सांसदलाई स्पष्टिकरण सोधेपछि एमाले भित्र आन्तरीक बहस सुरु भएकाे छ ।

    ओलीको निर्णय पार्टी विधान र कानुन विपरित भएको भन्दै नेकपा एमालेकाे माधवकुमार नेपाल पक्षका नेताहरुले ओली विरूद्ध आज सर्वोच्च अदालतमा रिट पेश गरेका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार