Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओलीको निर्णय पार्टी विधान र कानुन विपरित भएको भन्दै नेपाल पक्षद्वारा सर्वोच्चमा रिट पेश


    बुधबार, बैशाख ८ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय पार्टी विधान र कानुन विपरित भएको भन्दै नेकपा एमालेकाे माधवकुमार नेपाल पक्षका नेताहरुले ओली विरूद्ध सर्वोच्च अदालतमा रिट पेश गरेका छन्। 

    स्राेतका अनुसार उनीहरूको रिट आज पेश भए पनि दर्ता भइसकेको छैन। 

    ३२ जना नेता कार्यकर्ता र प्रतिनिधिसभा सदस्यहरूलाई गर्न लागिएको कारबाहीलाई रोक्न आदेश दिन माग गर्दै उनीहरू फागुन २८ र त्यसयता अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णय कार्यान्वयन रोक्न र गैरकानुनी कारबाही’को बाटो बन्द गर्न माग गर्दै सर्वोच्च पुगेका हुन्।

    ‘नेता, कार्यकर्ता र प्रतिनिधिसभा सदस्यलाई सोधिएको स्पष्टीकरण र प्रारम्भ गरिएको भनिएको कारबाही र संसदको सदस्यबाट निष्कासन गर्न प्रारम्भ गरिएको कारबाही समेत उत्प्रेषण, प्रतिषेधको आदेश द्वारा रोक्का गरिपाउँ,’ उनीहरूको रिटमा भनिएको छ।

    अध्यक्षले कुनै पनि बखत आफूहरूलाई दल त्याग गरेको कारबाही गर्नसक्ने पूर्ण आशंका भएकोले त्यसलाई रोक्न समेत उनीहरूले माग गरेका छन्।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै कारण खुलाएर तीन दिनभित्र स्पष्टीकरण सोधेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार