Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव


    बुधबार, बैशाख ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेवप्रसाद यादवलाई दिने भएको छ । 

    बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कानुन व्यवसायी महादेवप्रसाद यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको स्राेतले बताएकाे छ ।

    यसअघि निर्वाचन समिति संयोजक रहेका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले हालै राजीनामा दिएपछि यादवलाई समिति संयोजक तोक्ने निर्णय भएकाे हाे ।

    १४ औं महाधिवेशन गर्न कांग्रेसले निर्वाचन समिति संयोजक चयन गरेको हो। भदौ ७ देखि १० सम्म कांग्रेसले महाधिवेशन गर्ने भनेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार