Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले नियम पालना गर्नु पर्दैन? कि ओलीलाई काेराेना सर्दैन?


    मंगलबार, बैशाख ७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेशकाे उल्लङ्घन गरेका छन् ।

    उनले चितवनको अयोध्यापुरीमा राखिने राम-सीताको मूर्तिलाई बिदाई गर्ने कार्यक्रममा स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेशकाे उल्लङ्घन गरे काहुन् ।

    बालुवाटारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइने स्वास्थ्य मापदण्ड बनाएको थियो । साँझ सरकारका प्रवक्ता पार्वत गुरुङले सो मापदण्ड सार्वजनिक गर्दै उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐनअनुसार कानुनी कारबाही गरिने चेतावनी समेत दिएका थिए ।

    ​तर प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बिहानै बालुवाटारमा तामझामका साथ २५ भन्दा बढी मानिसको उपस्थितिमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ को आयोजना गरेकर नियम उल्लङ्घन गरेका छन् ।

    वैशाख मसान्तसम्म धार्मिक समारोहहरू नगरिने भनि आदेश पारित भए पनि यसकाे उल्लङ्घन गर्दै प्रधानमन्त्रीले तामझामका साथ श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ र रथ यात्रा गरेका हुन् ।

    यात्राका लागि बुधबार चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय मानिसलाई भोजको व्यवस्था गरिँदैछ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार