Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाको महाधिवेशन जेठमा सर्‍यो


    मंगलबार, बैशाख ७ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशन गर्न समय अपुग भएको भन्दै राप्रपाले महाधिवेशनको मिति एक महिनापछि सरेको छ । 

    २५-२८ वैशाखमा गर्ने तय भएको महाधिवेशन सारेर केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन २२-२५ जेठमा गर्ने निर्णय गरेको स्राेतले बताएकाे छ । 

    वडा, पालिका र जिल्ला अधिबेशन वैशाख मसान्तसम्म, प्रदेश अधिवेशन ७ जेठसम्म र महाधिवेशन प्रतिनिधिको निर्वाचन १० जेठसम्म गर्ने राप्रपाले निर्णय गरेको छ ।

    यसपटक राप्रपाले सक्रिय सदस्यताका आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । यसअघि भने कमिटीको आधारमा प्रतिनिधि चयन गर्ने गरेकेा थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार