Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाको आन्तरिक राजनीतिमा तरंग, पार्टी फुट्ने सँघारमा


    मंगलबार, बैशाख ७ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरुकाे वर्तमान गतिविधि हेर्दा पार्टी फुट्ने सँघारमा रहेकाे देखिएकाे छ ।

    लुम्बिनी प्रदेशकाे घटना नियाल्दा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच सहकार्य देखिएको छ भने उपेन्द्र यादव र बाबुराम भट्टराई प्रचण्डसँग सहकार्यको पक्षमा उभिएका छन् ।

    हिजो लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गर्ने ३ र अर्का एक गरी ४ सासद नै मन्त्रीको सपथ खान पुगेपछि यस्तो सहकार्य देखिएको हो ।

    अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा अविश्वासको प्रस्तावको पक्षमा गएकाहरु मन्त्री खान पुग्नुमा केन्द्रबाट अर्का अध्यक्ष महन्थ ठाकुरको निर्देशन नै देखिएको छ । 

    जसपाको एउटा पक्ष ओलीसँग सहकार्य गर्नेतर्फ बढेको देखिन्छ भने अर्काे तर्फ उपेन्द्र यादव र बाबुराम भट्टराई प्रचण्डसँग काे सहकार्यमा छन् । यसले जसपाको आन्तरिक राजनीतिमा तरंग मच्चिएकाे छ । जसपालाई फुटको संघारमा पुर्याएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार