काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई अवसर दिइएको भए पनि विपक्षीबाट त्यसको सदुपयोग हुन नसकेपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेको प्रतिक्रिया दिनुभएको छ ।
सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि विभिन्न प्रतिक्रिया सार्वजनिक भएको सन्दर्भमा उहाँले बढ्दो कोरोना सङ्क्रमण तथा संसद्को गतिविधिलाई नै अगाडि बढाउन नदिने केही दलका गतिविधिका कारण नै सरकारले अधिवेशन अन्त्य गरेको प्रस्ट्याउनुभयो । संसद्सँग ‘विजनेस’ नभएकाले धेरै अगाडि स्थगितका लागि सिफारिस गर्नुपथ्र्यो तर सरकार परिवर्तन गर्ने र प्रधानमन्त्री बन्न रहर भएकालाई अवसर दिइए पनि सरकार परिवर्तनका लागि कुनै गतिविधि नगरेको र समर्थन फिर्ता लिन चाहनेले पनि नलिएकाले स्थगित गरिएको सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले बताउनुभयो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “संसद्मा अविश्वासको प्रस्ताव आउँछ भनेर सरकार भागेको होइन, अविश्वासको प्रस्ताव छल्नका लागि संसद् स्थगित गरिएको पनि होइन ।
कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको र संसद् पनि नियमित अगाडि बढ्न नसकेकाले अधिवेशन स्थगित गरिएको उहाँको भनाइ थियो । “अरूलाई भेला हुन रोक्ने, तर सांसदहरु लाइन लागेर संसद् जाने भन्ने हुँदैन, त्यसैले अधिवेशन अन्त्य गरेका हौँ”, मन्त्री गुरुङले भन्नुभयो । सरकारले आजै अपराह्न १ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend