काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली माेदीकाे धाेतिभित्र छिरेको टिप्पणी गरेका छन् ।
नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बाेल्दै देउवाले ओलीले विगतमा भारतविरोधी नारा लगाएर चुनाव जितेको र अहिले भारतकै शरणमा परेको टिप्पणी गरेकाे भन्दै भने ओली अवसरवादी हुन्, राष्ट्रवादी होइनन् ।’
उनले ओलीकाे नक्कली राष्ट्रवाद समेत छताछुल्ल भएको बताएका छन् ।
आफूले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको तर बहुमत नपुगेकाले पर्खेर बसेको बताउदै उनले भने,‘ ओली इन्डियाको त्वम् शरणम् भएका छन् ।’