Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता


    सोमबार, बैशाख ६ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ।

    कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। उनीहरूले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्। 

    अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन्। 

    लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय हो। यहाँ नेकपा एमालेका ४१ सांसद छन् ।

    एमालेमा पनि ओली र माधव नेपाल पक्षबीच विवाद छ। मुख्यमन्त्री पोखरेललाई माधव समूहबाटै चुनौती छ। यसअघि नेपाल पक्षका सांसदहरूले कर्णाली प्रदेशमा पार्टी ह्वीप नमानेर फ्लोर क्रस गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार