Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले बैठक बस्दै, माधवकुमार नेपाल र भीम रावलमाथि थप कारबाहीको तयारी


    सोमबार, बैशाख ६ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको बैठक आज बस्दैछ । आजको बैठकमा पार्टीबाट निलम्बित केही नेताहरुमाथि थप कारबाहीको तयारी भइरहेकाे स्राेतले बताएकाे छ ।

    स्राेतका अनुसार कर्णाली प्रदेशमा फ्लोर क्रसको गर्ने नेताहरुमाथि कारबाहीको निर्णय गर्ने निश्चितप्रायः छ भने क्रसको गर्न निर्देशन दिएको भन्दै माधवकुमार नेपाल र भीम रावलमाथि पनि थप कारबाहीको तयारी भइरहेकाे छ ।

    तर केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले बैठकबाट ओलीले कठोर निर्णय लिन सक्ने बुझेर बैठक रोक्न आग्रह गरेका छन् । उनले उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न नहुने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार