Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पेरिसडाँडामा स्थायी समितिको बैठक बस्दै, समर्थन फिर्तादेखि नयाँ सरकार बन्नेसम्मका एजेण्डा !


    सोमबार, बैशाख ६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ ।

    पछिल्लो समयको समसामयिक राजनीतिक विषय र नयाँ सरकार गठनका बिषयमामा छलफल गर्न दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। 

    आजको  बैठकमा सरकारलाई दिँदै आएको समर्थन फिर्तालगायतका समसामयिक राजनीतिक विषयलगायत पार्टीको आगामी योजना बारे छलफल हुने सचिव ढकालले बताए। 

    पछिल्लो समय केपी ओली सरकार ढाल्न दलहरुबीच निरन्तर छलफल हुँदै आएपनि ठोस सहमति हुन सकेको छैन । 

    गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्दै माओवादी केन्द्र व्युँताइदिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने दाउमा लागिपरेका छन्। 

    तर, माओवादीले नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा  सरकारबाट समर्थन भने फिर्ता लिन अझै सकेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार