काठमाडौं । नेकपा (एमालेक)का केन्द्रीय सदस्यलाई खबर नै नगरी अध्यक्ष केपी ओलीले बालुवाटारमा गुटको भेलाबाट गरेका निर्णय खारेज गर्न माग गर्दै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आज निर्वाचन आयोगमा पत्र बुझाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गएको फागुन २३ गतेपछि पार्टीको केन्द्रीय कमिटी बैठकका नाममा गरेका एकलौटीे निर्णय गर्दैआएका छन् । उनले फागुन २८ मा माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्नेदेखि विभिन्न नेताहरुको जिम्मेवारी खोस्ने कार्य गरेका छन् । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, घनश्याम भूसाल, भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुलाई निलम्बन गरेका छन् । ओलीले गरेका यी एक्लौटी निर्णय खारेजीको माग गर्दै नेकपा एमालेको खनाल–नेपाल समूहले निर्वाचन आयोगमा ८ पानाको पत्र बुझाएको छ ।
अध्यक्ष ओलीले विधानविपरीत निर्णय गरेको र त्यो खारेजयोग्य भएको आयोगमा बुझाएको पत्रमा उल्लेख छ । आयोगमा पत्र बुझाउन नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे गएका थिए ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend