Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन सांसद मन्त्री नियुक्त


    शनिबार, बैशाख ४ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । नेकपा माओवादी केन्द्रले सांसदबाट कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, रामबहादुर थापालाई प्रधानमन्त्री केपी ओलीले मन्त्री बनाएर पुरस्कृत गरेकै शैलीमा कर्णाली प्रदेश सरकारले एमालेले कारबाही गरेका ३ सांसदलाई मन्त्रीमा नियुक्त गरेको छ ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरी आफ्नो सरकार जोगाउने एमालेका ३ सांसदलाई मन्त्रीमा नियुक्त गरेका छन् ।  शाहीले शुक्रबार विश्वासको मत हासिल गरेको भोलिपल्टै शनिबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।  शुक्रबार फ्लोर क्रस गर्दै सरकारलाई विश्वासको मत दिने नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्रीमा नियुक्त गरेका छन् ।

     मुख्यमन्त्री शाहीले बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, थापालाई भौतिक पूर्वाधार विकास र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका छन् ।

    यी तीन सांसदका अलावा प्रकाश ज्वालाले सरकार जोगाउन फ्लोर क्रस गरेका थिए । ज्वालाले अर्थमन्त्रीबाट एक महिनाअघि राजीनामा दिएका थिए । उनी यसअघि मन्त्री भइसकेकाले फ्लोर क्रस गर्नेहरुलाई मन्त्री बनाएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार