Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेश सरकार पुनर्गठन हुने, सरकारमा कांग्रेसको पनि इन्ट्री


    शनिबार, बैशाख ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेश सरकार पुनर्गठन हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकार नेपाली कांग्रेसलाई पनि सहभागी गराउने भएका छन् ।

    शुक्रबार एमालेका ४ सांसदको फ्लोरक्रसका कारण विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् । 
    मुख्यमन्त्री शाहीले एक हप्ताभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्नेगरी शनिबारबाट एमालेको माधव नेपाल समूह र कांग्रेससँग छलफल सुरु गरेका छन् ।

    मुख्यमन्त्री शाहीलाई संकटमा साथ दिने एमालेको माधव नेपाल समूह र नेपाली कांग्रेसलाई पनि मन्त्रिमण्डलमा समावेश गरी सरकार निर्माण गर्नका लागि छलफल अगाडि बढेको माओवादी केन्द्रले जनाएको छ । मन्त्रालय भागबण्डाको बारेमा मुख्यमन्त्री शाहीले पार्टीहरुसँग सहमति गरेपछि मन्त्रिमण्डल पुनगर्ठन हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार