काठमाडौं । नेकपा)एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अहंकार र दम्भका कारण उनको गुटका मुखिया यमलाल कँडेलको कर्णाली प्रदेशको मुख्यमन्त्री हुने सपनामा तुषारापात भएको छ । कर्णाली प्रदेशमा माधव नेपाल पक्षका १२ सांसद हुँदाहुँदै यमलाल कँडेलले उनीहरुसँग समन्वय नगरी ८ जनाको भरमा मुख्यमन्त्री हुने सपना देखेका थिए ।
केन्द्रमा माधव नेपाल समूहका सबै निर्वाचित नेताहरुको जिम्मेवारी खोसेर आत्मरतिमा रमाइरहेका प्रधानमन्त्री ओलीकै शैलीमा कँडेल प्रदेशमा १२ जनालाई उपेक्षा गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विस्थापन गरी मुख्यमन्त्री हुने दाउमा थिए । यदि प्रकाश ज्वालासहितका बहमुत सासदहरुसँग सरसल्लाह गरी अविश्वास प्रस्ताव दर्ता गरेको भए माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको पक्षमा फलोरक्रस गरी मतदान गर्नुपर्ने अवस्था आउँदैनथ्यो होला ।
कर्णाली प्रदेश सभामा माधव नेपाल पक्ष स्पष्ट बहुमतमा भए पनि कँडेलले उनीहरुलाई कुनै पनि निर्णय प्रक्रियामा सहभागी नगराई एक्लौटी गर्दैआएका थिए । कँडेलको यस्तो ब्यवहारले कर्णाली प्रदेशका बहुमत सांसदहरु रुष्ट थिए । ओलीले एमालेमा बराबर योगदान भएका माधव नेपाल, झलनाथ खनाल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, भीमबहादुर रावलहरुलाई कारबाही गरी पार्टी कब्जा गर्न खोजेपछि त्यसको असर प्रदेशमा पनि परेकै थियो, त्यसमा कँडेलले बहमुत सांसदसँग सल्लाह नगरी अगाडि बढ्दा उनको मुखमा आएको मुख्यमन्त्री पद गुम्न पुगेको छ ।
ओलीको अहंकार र दम्भले गर्दा कर्णाली प्रदेश मात्र होइन, लुम्बिनी, गण्डकी प्रदेश सरकार पनि संकटमा परेका छन् । क्रमशः बागमती र १ न प्रदेश सरकार समेत संकटमा पर्ने संंकेत देखिन थालेको छ । माधव नेपाल पक्षलाई पेलेर जान खोजे संघीय सरकारमा जनता समाजवादी पार्टी सहभागी भए पनि टिक्ने संभावना क्षीण देखिएको छ । माधव नेपाल पक्षलाई पेलेरै जाने ओली रणनीतिले आगामी चुनावमा एमाले त सकिने निश्चित देखिएको छ । ओलीलाई कम्युनिष्ट आन्दोलन सक्नकै लागि विदेशी शक्तिले प्रयोग नगरेको हो भने उनले कर्णाली प्रकरणपछि गम्भीर समीक्षा गरी एमालेलाई २०७५ जेठ २ कै विन्दुबाट अगाडि बढाउनुपर्छ, गुटको भेलालाई केन्द्रीय कमिटीको बैठक भन्दै गरेका सबै निर्णय बदर गर्नुपर्छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend