काठमाडौं । कर्णाली प्रदेश सरकारबिरुद्ध ल्याएको अविश्वास प्रस्ताव एमालेकै प्रकाश ज्वालासहितका ५ सांसदले फ्लोरक्रस गरेर असफल पारिदिएपछि एमालेको संस्थापन पक्ष तिल्मिलाउन पुगेको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले तजबिजी अधिकार प्रयोग गरी तोकेका प्रवक्ता प्रदीप ज्ञवालीले फ्लोरक्रसलाई बिचलनको संज्ञा दिएका छन् । र,, फ्लोरक्रस गर्ने सांसदमाथि कारबाही गर्ने बताएका छन् ।
एमालेको संस्थापन पक्षले माधव नेपाल–झलनाथ खनाल समूहलाई गम्भीर अपराध गरेकोसम्म आरोप लगाउन थालेको छ । प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेमा झलनाथ खनाल–माधवकुमार नेपाल समूह पक्षको समानान्तर गतिविधिकै कारण कर्णालीमा पछिल्लो घटना घटेको दाबी गरेका छन् । समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौं, पार्टी र आन्दोलनको रक्षाका लागि निःसर्त पार्टी काममा जुटौं ।’ पोखरेलले सामाजिक संजालमा लेखेका छन् ।
एमालेका युवानेता राजेन्द्र राईले लेखेका छन्–नचाहिएकाहरूले जता भोट हाले पनि जोसँग मिले पनि शक्तिशालीहरुलाई केको चिन्ता, के को मतलब, चिन्ता र मतलब भए एकताबद्ध होऔं, नत्र चुपचाप आ आफ्नो काम गरौं, आ आफ्नो काम भैरहनेछ ।
एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्री लेख्छिन्–अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुन्छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend