Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका चार सांसदले फ्लोरक्रस गरेपछि महेन्द्र शाहीको सरकार जोगियो


    शुक्रबार, बैशाख ३ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । नेकपा माओवादीका नेता महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार नेकपा एमालेका चार सांसदका कारण जोगिएको छ । एमालेबाट निर्वाचित भएका ४ प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको हो ।

    कर्णाली प्रदेशसभामा रहेका ३७ सांसदमध्ये २२ जनाले शाहीको पक्षमा मतदान गरेका छन् । १५ जनाले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका छन् । मतदानमा प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

     एमालेका ओली पक्षका नेता यमलाल कँडेलको समूहले शाहीबिरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । शुक्रबार भएको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा माधव नेपाल पक्षका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मतदान गरेका छन् । उनीहरुले एमालेको ह्वीप उल्लंघन गर्दै शाहीलाई विश्वासको मत दिएका छन् । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत रहेका प्रकाश ज्वालाले ओलीले एमाले कब्जा गर्न खोजेको र पार्टीका नेताहरुमाथि कारबाही गरेकाले केन्द्रीय नेतृत्वको निर्देशन अनुसार नै शाहीलाई विश्वासको मत दिएको प्रष्ट पारेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार