Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फ्लोरक्रस गर्ने सांसदहरूलाई कारबाही हुन्छ: प्रदीप ज्ञवाली


    शुक्रबार, बैशाख ३ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदहरूलाई कारबाही हुने बताएका छन् ।

    पार्टीका सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएपछि ज्ञवालीले अराजकता भएकाे भन्दै यो अराजकता क्षम्य नहुने बताएका हुन् ।

    ओली समूहका सांसदहरूले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गरे पनि नेता माधवकुमार नेपाल पक्षका चार जना सांसदहरूले फ्लोर क्रस गरेर शाहीको मुख्यमन्त्री पद जोगिएकाे छ ।

    फ्लोर क्रस गर्ने सांसदहरूलाई के कारबाही हुन्छ भन्नेचाहिँ उनले खुलाएनन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार