Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कारागारभित्रै आत्महत्या


    शुक्रबार, बैशाख ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै । जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले आज कारागारभित्रै आत्महत्या गरेका छन् ।

    श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आज दिउँसो शौचालय गर्न गएका उहाँ लामो समयसम्म नर्फकिएपछि कारागार प्रशासनले हेर्दा शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो ।

    थामीले आफैँले लगाएको ज्याकेटको तुना निकालेर झुण्डिएर आत्माहत्या गरेको बताइएको छ । तत्काल ड्रिल गरेर ढोका फुटाउँदा थामीको मृत्यु भइसकेको कारागारका निमित्त प्रमुख पदम केसीले बताउनुभयो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार