Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाको अपील 


    शुक्रबार, बैशाख ३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा अर्को सूचना जारी नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी बैकल्पिक माध्ययमबाट शिक्षण सिकाइ गराउन काठमाडौँ महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ ।  त्यस्तो अवस्था नभएका विद्यालयमा अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।

     ‘त्यस्तो अवस्था नभएका विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा सावुन–पानीले राम्रोसँग हात धुने सेनेटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट  विगतमा जारी गरिएको मापदण्ड कडाईका साथ पालना गर्नु,’ काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न–गराउन हुन अनुरोध छ ।’

    KMC note.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार