Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रकाशमान सिंहकाे प्रधानमन्त्री पदमा दावी


    शुक्रबार, बैशाख ३ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीलाई संसदीय विधिबाटै प्रधानमन्त्री पदबाट हटाउन पर्ने बताएका छन् । 

    शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म देश शान्त नहुने बताएका हुन् ।

    संविधान मिचेर घोषणा गरिएको चुनावमा कांग्रेसले भाग लिन नहुने बताउँदै‘चुनाव हुंदैमा सबै कुरा साम्य हुन्छ भन्ने छैन, ओलीको कदमविरुद्ध आन्दोलन गर्नेहरु नै सरकारमा स्थान पाइने लोभमा ओलीसँग मिल्ने कुरा गर्नु अपरिपक्व निर्णय हो, उनले भने यस्ता ओली प्रधानमन्त्री पदमा रहिरहे देश शान्त नहुने भन्दै उनलाई संसदीय विधिबाटै हटाउनपर्छ ।

    नेता सिंहले अग्रजले पत्याएर राजी भए आफू कांग्रेसको नेतृत्व लिई अघि बढ्न तयार भएको बताए । निरन्तर पार्टीकै काममा खटिरहेकाले आफूलाई अघि बढाएर कांग्रेसले पुस्ता हस्तानतरणको अभ्यास अँगाल्नुपर्ने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार