काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र होटलमा बास दिन होटल व्यवसायीलाई अपील गरेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक अपील जारी विभिन्न देशबाट आई नेपालका होटलमा बस्न चाहने विदेशीले आफूमा कोरोना नेगेटिभ भएको पिसिआर रिपोर्ट देखाउनुपर्ने बताएकाे हाे ।
मन्त्रालयले होटलमा बसोबास गर्ने विदेशी नागरिकको गेष्ट रजिस्ट्रेसन सिस्टम चुस्त दुरुस्त राख्न पनि अपील गरेको छ ।
पछिल्लो समय कोरोना संक्रमण दर एकाएक बढ्न थालेपछि सरकारले विस्तारै भीडभाड हुने क्षेत्रहरूमा कडाइ गर्न थालेको हो।