Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेश: विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र


    बिहिबार, बैशाख २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विपक्षी दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले बिहीबार प्रदेश प्रमुख कार्यालयका सचिव हरि वास्तोलालाई भेटी विशेष अधिवेशन माग गरेको निवेदन बुझाएका हुन् ।

    मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा अधिवेशन अन्त्य गरेका थिए ।

    प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद बास्तोलालाई भेटेर विपक्षी दलका सांसदहरूले विशेष अधिवेशन बोलाउन माग गरेका हुन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार