Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेप्से नयाँ उचाइमा, बजार पुँजीकरण ३७ खर्ब ८७ अर्ब


    बिहिबार, बैशाख २ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । २०७८ को पहिलो कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचकले ऐतिहासिक नयाँ रेकर्ड राखेको छ ।

    नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेको छ। जुन, हालसम्मकै उच्च हो ।

    नेप्से परिसूचकसँगै सेयर बजार पुँजीकरण समेतले नयाँ रेकर्ड राखेको छ । बिहीबारसम्मको पुँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

    नेप्से परिसूचकसँगै बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १७ अंकले बढेर ४ सय ९२ दशमलव ४४ अंकमा पुगेको छ । कारोबार रकम पनि ८ अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै भएको छ ।

    दिनभर भएका ९५ हजार ७ सय ३७ कारोबारबाट २१८ कम्पनीका १ करोड ९० लाख २० हजार ५ सय २८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६ सय ५९ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

    समूहगत सवइन्डेक्सहरुमा जलविद्युत र व्यापार समूह घटेका छन् । बाँकी सबै समूहहरुको सबइन्डेक्स बढेको छ ।

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार