काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन दलहरुले केन्द्र देखि प्रदेशसम्म प्याकेजमा सहमतिकाे प्रयास गरिरहेका छन् ।
स्रोतका अनुसार प्रदेशहरुमा मुख्यमन्त्री फेरबदल देखि केन्द्रमा मन्त्री र उपसभामुखसम्ममा प्याकेजमा सहमतिको कुरा अगाडि बढेको हो । ओलीनिकट मुख्यमन्त्रीहरुलाई हटाएर समिकरणभित्रका दलहरुले आफू निकटस्थलाई बनाउने तयारी थालेका छन् ।
यसमा काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समिकरण देखिएको छ ।
केन्द्रमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन काँग्रेस र माओवादी केन्द्र सहमत भएपनि जसपा अलमलमा छ । जसपाले आफूहरुको माग सम्बोधनको मुद्दा उठाएपनि चुरो विषय सत्ताको नेतृत्वको छ ।
माओवादी केन्द्र जसपालाई सत्ता नेतृत्व दिन तयार भएपनि काँग्रेसको आफ्नै दाबी छ । काँग्रेस सभापति शेरबहादुर देउवा पछि हटेमा सहमति बन्न सक्छ । या त जसपा अध्यक्ष महन्थ ठाकुर पछि हट्नुपर्छ । अब राजनीतिक लेनदेनबाट सहमति निकाल्ने प्रयास भइरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend