नेपालगञ्ज । कोरोनाको संक्रमण एकाएक बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबारदेखि लागू हुने गरि एक हप्ता शैक्षिक संस्था बन्द गर्ने गरेकाे छ ।
नेपालगञ्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको बसेको बैठकले एक साताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको स्राेतले बताएकाे छ ।
नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा बिहीवार बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
बैठकले भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ ।